नेपाली कांग्रेस रुख चिन्ह
नेपाली कांग्रेस
नेपाल झण्डा
मोरङ निर्वाचन क्षेत्र नं. ६

शेखर कोइराला को सात संकल्प

नेपाली कांग्रेसको रुख चिन्ह — समृद्ध नेपालको सङ्कल्प

रुख चिन्ह
मुख्य संकल्प
२१+
विशेष प्रतिज्ञा
सुदृढ नेतृत्व
तल स्क्रोल गर्नुहोस्
नेताको सन्देश

जनताको आवाज, जनताको सेवा

शेखर कोइराला
शेखर कोइराला नेपाली कांग्रेस नेता
नेपाली कांग्रेस

"रुख चिन्हमा मत"

मोरङ क्षेत्र नं. ६ को विश्वसनीय आवाज

"सहादत प्राप्त गर्नुहुने अग्रजहरूको त्यो पवित्र रगतको कसम — हामी यो बलिदान खेर जान दिने छैनौँ।"

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ र मोरङ्ग निर्वाचन क्षेत्र नं. ६ का समस्त शुभचिन्तकहरूमा — जय नेपाल!

विभिन्न राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन तथा जेन्जी विद्रोहका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु।

सिंगो मुलुक नै मेरो कर्मक्षेत्र हुँदाहुँदै मलाई निर्वाचित गर्ने मोरङ निर्वाचन क्षेत्र नं. ६ को यस पावन भूमिलाई आत्मियतापूर्ण कर्मथलो बनाएर यहाँको माटो हावापानी र जनजीवनसँग आत्मियतापूर्वक साक्षात्कार गर्न पाएको अवसरलाई म तपाईंहरूको सदभावको रूपमा लिएको छु।

आगामी निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरी विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास र भरोसा सहित प्रतिनिधिसभामा मेरो उपस्थिति अझ मजबुत बन्ने कुरामा यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु।

शेखरका सात स्तम्भ

समृद्ध नेपालको निर्माणका लागि सात ठोस प्रतिज्ञा

🏛️

सुशासन, डिजिटल क्रान्ति र भ्रष्टाचार नियन्त्रण

"भ्रष्टाचार मुक्त समाज, सुशासनको पहिलो सोच"
  • डिजिटल प्रशासन: सार्वजनिक सेवामा डिजिटल प्रविधिको प्रयोग, बिचौलियाको अन्त्य।
  • AI प्रविधि: नेपाललाई IT हबको रूपमा विकास गरी AI मार्फत आर्थिक परिवर्तन।
  • पारदर्शिता: स्वचालित प्रविधिद्वारा नागरिकले आफ्नो काम स्वयं जानकारी पाउने।
📚

शिक्षामा रूपान्तरण र प्राविधिक दक्ष जनशक्ति

"शिक्षामा सुधार, समृद्धिको बलियो आधार"
  • विद्यालय सुधार: सामुदायिक विद्यालय सुविधा सम्पन्न, विपन्न विद्यार्थीलाई छात्रवृत्ति।
  • उच्च शिक्षा: पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँबाट सञ्चालन, शैक्षिक हब विकास।
  • नीतिगत सुधार: शिक्षक, अभिभावक र विद्यार्थी मैत्री शिक्षा ऐन।
🏥

सुलभ स्वास्थ्य सेवा र सामाजिक सुरक्षा

"स्वास्थ्य सेवा नागरिकको अधिकार, सामाजिक सुरक्षामा राज्यको सरोकार"
  • स्वास्थ्य बीमा: बीमा रकम १० लाख बनाउन प्रयास, मनपरेको अस्पतालबाट उपचार।
  • अस्पताल विस्तार: गोठगाउँ अस्पताल ५०० शैया, घुम्ती अस्पताल सेवा।
  • सुरक्षा भत्ता: ज्येष्ठ, एकल र अपाङ्गजनको भत्ता वृद्धि।
🌾

उत्पादनमुखी अर्थतन्त्र, कृषि र रोजगारी

"स्वदेशमै पसिना, स्वदेशमै समृद्धि; युवाको हातमा उद्यम र प्रगति"
  • कृषि आधुनिकीकरण: समयमा मल बीउ, कृषि र पशु बीमा प्रभावकारी।
  • उत्पादनमुखी: आयातमुखी अर्थतन्त्रको अन्त्य, वैज्ञानिक कृषि।
  • युवा स्टार्टअप: Remote Work नीति र स्टार्टअप उद्यमको बढावा।
🏗️

पूर्वाधार विकास र व्यवस्थित शहरीकरण

"कांग्रेसको विजय, विकासको उदय"
  • सडक र सिँचाइ: सबै वडा जोड्ने सडक, बाह्रै महिना सिँचाइ र खानेपानी।
  • भूमि व्यवस्थापन: भूमिहीन र सुकुम्बासी समस्या पूर्ण समाधान।
  • विपत् व्यवस्थापन: तटबन्ध निर्माण र आधुनिक बाढी नियन्त्रण।
🎭

भाषा, संस्कृति र पर्यटन प्रवर्द्धन

"मौलिक संस्कृतिको संरक्षण, पर्यटनबाट आयआर्जन"
  • सांस्कृतिक पहिचान: बहुजातीय सङ्ग्रहालय, रैथाने बाजा संकलन।
  • पर्यटन विकास: पर्यटकीय स्थल पहिचान र आन्तरिक-बाह्य पर्यटन।
  • वातावरण: नदी किनार वृक्षारोपण, जडीबुटी खेती प्रोत्साहन।
⚖️

संविधानको गतिशीलता र राजनीतिक स्थिरता

"संविधानमा सुधार, देशमा स्थिर सरकार; कांग्रेसको नेतृत्व, समृद्धिको आधार"
  • संविधान परिमार्जन: सबै समुदायको अपनत्व बढाउन संविधान संशोधन।
  • युवा सहभागिता: Gen Z युवाको राजनीतिक सहभागिता र नेतृत्व।
  • विधिको शासन: समतामूलक समाज र लोकतान्त्रिक पद्धतिको सुनिश्चितता।

"आगामी निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरी
विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास छ।"

— शेखर कोइराला, मोरङ निर्वाचन क्षेत्र नं. ६

निर्वाचन क्षेत्र

मोरङ क्षेत्र नं. ६

हाम्रो प्रतिबद्धता

मलाई निर्वाचित गर्ने मोरङ निर्वाचन क्षेत्र नं. ६ को यस पावन भूमिलाई आत्मियतापूर्ण कर्मथलो बनाएर यहाँको माटो हावापानी र जनजीवनसँग आत्मियतापूर्वक साक्षात्कार गर्न पाएको अवसरलाई तपाईंहरूको सदभाव र भरोसाको रूपमा लिएको छु।

युवाको स्वर

राज्यले निर्माण गरेका कतिपय कानुनहरू समयको मागअनुसार छैनन्। युवा र जेन्जी भाइबहिनीहरूका आवश्यकताहरू यथास्थितिवादी राज्यसत्ताले सम्बोधन गर्न सकेको छैन। यावत समस्या समाधानका लागि सदन, सडक र सामाजिक सञ्जालका माध्यमबाट सशक्त आवाज उठाउँदै आएको छु।

यो संकल्प सेयर गर्नुहोस्

साथीहरूलाई पठाउनुहोस् — समृद्ध नेपालको सन्देश फैलाउनुहोस्